रौतहट २५ चैत ।
रौतहटको राजपुर नगरपालिकाको आफ्नै भवन बन्ने भएको छ । सो नगरपालिकाको प्रशासकिय भवन को शिलान्यास कार्यक्रम गरिएको थियो। राजपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय राजपुर रौतहटको आयोजनमा सो कार्यक्रम को आयोजना गरिएको थियो । कार्यक्रमको अध्यक्षता नगर प्रमुख मो.सकिल अख्तरले गर्नुभएको थियो भने विशिष्ट अथितिको रुपमा उप प्रमुख जफिरा खातुन रहनुभएको थियो ।

कार्यक्रमको संचालन सोही नगरपालिकाका शिक्षा प्रमुख एवम् सुचना अधिकारी दिपक खत्रीले गर्नु भएको थियो ।


नगर प्रमुख अख्तर ,उपप्रमुख खातुन र निमित प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले संयुक्त रुपमा शिलान्यास गर्नु भएको थियो । सो नगरपालिकामा भवन न भएको कारणले गर्दा विशेष पहलगरी नयाँ भवनको निर्माण गर्न लागिएको हो ।


भवन निर्माणका लागि स्टिमेटहरु पठाइसकेको र अबको केही दिन भित्रै टेण्डर प्रक्रिया मार्फत सो भवन निर्माणको काम सुरु गरिने निमित्त प्रमुख प्रखुख प्रशासकीय अधिकृतले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख अख्तरले नगरपालिकाका को आफ्नै भवन बनाउनका निम्ति आफू एकदम सक्रिय रहेको र आफ्नै कार्यकाल भित्रमा सो भवनको निर्माण कार्यलाई सकाउने वहा दाबी बताए ।


त्यसैगरि सो भवन निर्माण कार्यमा सकारात्मक हिसाबले सहयोगी भावना राखेर सहयोग सम्पूर्ण नगरबासीमा अनुरोध समेत भर्नुभयो ।
सो नगरपालिकाका वडा नम्बर १ देखि ९ सम्मका सम्पूर्ण वडाका वडाध्यक्षहरु साथै नगरपालिका का सम्पुर्ण कर्मचारीहरु,नगर कार्यपालिकाका सदस्यहरु,अथितिमा शस्त्र प्रहरी निरिक्षक रामकुमार महत,जनपथ प्रहरी नायब निरिक्षक सुरेश गुप्ता,स्थानिय बुद्धिजिवि,भद्रभलादमी तथा पत्रकारहरुको पनि पनि उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here