अखिलेश कुमार यादव ।
नेपाल पत्रकार माहासंघ रौतहट शाखाको अध्यक्षमा पुनः एक पटक प्रेमचन्द्र झा विजय भएको छ नेपाल पत्रकार महासंघको कार्यालय गौरमा विहान १०;३० बजे देखि सुरु भएको मतदान मतदान दिउँसो २ः४५ मा सम्पन्न भएको थियो । अध्यक्षमा प्रेम चन्द्र झा , उपाध्यक्षमा रजनी ठाकुर , सचिव मदन ठाकुर , कोषाध्यक्षमा धर्मेन्द्र साह लगायत प्रवीण शर्मा , संजय सहनी , बिना राउत विजयी भएका छन ।

। निर्विरोध निर्वाचित भएका १५ जना पदाधिकारी सदस्यहरुको नामावली भने पहिले नै प्रकाशित गरिएको थियो । निर्विरोध निर्वाचित हुनेहरुमा सह सचिव खुला पदमा दिपेश पौडेल,सदस्य जनजातिमा प्रकाश श्रेष्ठ,अपांग सदस्यमा उमेश यादव,मधेसी सदस्यमा नन्दभूषण श्रीवास्तव,दलित सदस्यमा राम प्रवेश बैठा,खुला सदस्य राकेश यादव र रामपुकार राउत,राष्ट्रिय परिषद सदस्यहरुमा अशोक कुमार पहाडी,उतम कुमार उपाध्याय,रामएकवाल साह,विकाश अग्रवाल रहेका छन् ।

त्यस्तै प्रदेश परिषद सदस्यहरुमा रत्न अधिकारी,राजेन्द्र कुमार क्षेत्री,विवेक अधिकारी,गोपाल आचार्य रहेको नेपाल पत्रकार महासंघ निर्वाचन कार्यालय रौतहट शाखाका निर्वाचन अधिकृत विनय कुमार लाल दासले बताउनु भयो ।

प्रेमचन्द्र झाले २० मत पाएको थियो भने वहांको निकटम प्रतिद्वन्दी संजय कार्की १६ गौतम श्रेष्ठ १० मत पाएको निर्वाचन अधिकृत बिनय लाल दासले जानकारी दिनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here