रौतहट २२ चैत ।
रौतहट जिल्लाको मौलापुर नगरपालिकामा भुमी सम्बन्धि समस्या समाधानको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार मौलापुर नगरपालिकाको सभाहलमा सो कार्यक्रमको आयोजन गरिएको थियो ।


मौलापुर नगरपालिकाको आयोजन र भुमी सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिति रौतहटको सहजीकरणमा सो कार्यक्रम आयोजन गरिएको थियो । सो अवसरमा भुमि आयोग रौतहटका अध्यक्ष उद्दब रेग्मी ,विज्ञ सदस्य राजेस साह,बिना साह लगायत नगर उपप्रमुख ,निमित्त प्रमुख प्रशासकिय अधिकृत रामबाबु साह, वडा अध्यक्ष कार्यपालिका सदस्य ,वडा सचिव नगरका समाजसेवी भद्रभलामीहरुको उपस्थितमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको नगर प्रमुख रिना कुमारी साहले जानकारी गराउनु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here