रौतहट २१ चैत ।
रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख इन्नु राय यादवले नगरमा विकास निर्माणको काम तिव्र गतिमा अगाडि बढाएका छन् ।
नगर प्रमुख यादवले सडक ढलान, भौतिक पुर्वाधार निर्माण लगाएतका कार्य दु्रत गतिमा अगाडि बढाएका हुन् ।
सधै नगरमा विकास भएको हेर्न चाहने र नगरलाई विकास कार्यमा अग्रपंतीमा ल्याउने सोच राखेका गरुडा नगरपालिकाको नगर प्रमुख यादवले शनिवार मात्र लाखौको लागतमा निर्माण हुने एक सडक ढलान कार्यको सुरुवात गरेका छन ।


गरुडा नगरपालिका वडा नं.५ महम्दपुर टोलको डोम समुदायको घर देखी भिमडाबर जाने बाटोमा यस आवमा ३० लाखको लागतमा सडक ढलानको सुरुआत गरेको जसपा यूवा नेता अनिल यादवले जानकारी गराउनु भएको हो ।


पछिलो समय मेयर यादवले जनताको आवश्यक्ता, चाहना, इच्छा र आकांक्षा अनुसारको नै विकास निर्माणको काम गर्नथालेपछि नगरवासी हर्षित भएका छन । आफना लागि जनता नै भगवान भएकोले आफुले जनताको चाहना अनुसारको नै काम गर्दै जाने मेयर यादवले प्रतिवद्धता जनाएका हुन ।
नगरको चौतर्फि विकास गरी नगरलाई एक समृद्ध र विकसित नगर बनाउने आफनो योजना रहेको मेयर यादवले बताए ।
नगर प्रमुख यादवको जनमुखी कार्यबाट नगरवासी निकै उत्साहित भएका छन ।
सो अवसरमा स्थानिय भद्रभलादमी , बुद्धिजिवीहरु लगाएतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here