अखिलेश कुमार यादव। रौतहट ।
जिल्लाको सदरमुकाम गौरमा युनेस्कोका विषयहरुमा आधारित सार्वजनिक परीक्षण (सार्वजनिक सुनुवाई) कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

युनेस्कोलाई स्थानीय तह संग कसरि जोड्न सकिन्छ साथै युनेस्कोको बिषयहरुमा स्थानीय स्तरमा भईरहेको क्रियाकलापहरुलाई के कसरि अगाडी बढिरहेका छन् र आगामी दिनमा युनेसकोले स्थानीय सरकार संग क्रियाकलाप बढाउन के गर्नु पर्ला अथवा कसरि अगाडी बढाउन सकिन्छ भने कुरामा त्यहा उपस्थित ३८ जनालाई प्रशिक्षण दिएको थियो ।

उक्त कार्यक्रमको आयोजना युनेस्कोका निमित नेपाल राष्ट्रिय आयोगको सचिवालय सिंहदरबार काठमाडौँले गौर नगरपालिकाको र शिक्षा बिकाश समन्वय ईकाई रौतहटको सहकार्यमा युनेस्कोका बिषयहरुमा आधारित सार्वजनिक पारिक्षण (सार्वजनिक सुनुवाई) कार्यक्रम जिल्ला समन्वय समिति रौतहटको सभाहलमा सम्पन्न भएको छ ।

आयोजक संस्थाको तर्फ बाट संयुक्त राष्ट्र संघ र युनेस्कोको बारेमा कार्यपत्र सचिवालयका प्राबिधिक अधिकृत पद्म राज जोसीले गर्नु भएको थियो । युनेस्कोका निमित नेपाल राष्ट्रिय आयोग शिक्षा, संस्कृति, बिज्ञान,आम संचार तथा मानव समाजका प्रमुख बिषय क्षेत्रलाई लिएर बिश्व शान्ति र सम्रिधिका लागि सम्पिर्त युनेस्कोको अवधारणा तथा अभियानलाई मार्गदर्शकको रुपमा लिएर अगाडी बढिरहेको संयुक्त राष्ट्र संघ र युनेस्कोको सचिवालयका प्राबिधिक अधिकृत पद्म राज जोसीले संस्थाको कामको बारेमा स्पस्ट पार्नु भएको थियो ।

युनेस्कोका बिषयहरुमा आधारित सार्वजनिक पारिक्षण (सार्वजनिक सुनुवाई) कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति रौतहटको सभापति रामएकवाल यादवले गर्नु भएको थियो भने प्रमुख अतिथि गौर नगरपालिकाको उपमेयर किरण ठाकुर र अतिथिको रुपमा जिल्ला शिक्षा इकाई रौतहतकोप्रमुख रामविनय सिंहको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here