दार्चुला २१ चैत ।
डोटीको सेती नदीमा पौडी खेल्ने क्रममा शनिवार दिउँसो एक युवकको मृत्यु भएको छ।

सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धामीको डुबेर मृत्यु भएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिनुभयो।

शिखर नगरपालिका २ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदी भित्रको हिलोमा अड्किएर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here