रौतहट १५ चैत ।
रौतहट जिल्लाको माधवनारायणको खेसरहियामा आईतवार एक समारोहका विच कालोपत्रे सडकको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

शहरी विकास तथा पुर्वाधार विकास मन्त्री प्रभु साहले सो कालोपत्रे सडकको शिलान्यास गर्नु भएको हो । मन्त्री साहले विकास निर्माणको कार्यमा प्रदेश सरकारले रौतहट क्षेत्र नम्वर ३ लाई विभेद गरेको आरोप लगाउनु भयो । खेसरहियाबाट मौलापुरलाई जोड्ने सडकमा प्रदेशबाट विभेद गरेको र संघिय सरकारको शहरी विकास मन्त्रालयद्धारा उक्त सडकमा रकम विनियोजन गरी सडक निर्माण हुन लागेको उहाले बताउनु भयो ।

मन्त्री साहले खेसरहिया मौलापुर, खेसरहिया गौर चन्द्रपुर सडक खण्डमा जोड्न निर्माण भएको सडकमा कालोपत्रे गर्नका लागि टेण्डर आहवान भई सकेको समेत बताउनु भयो । कार्यक्रममा प्रदेश सासद कुन्दन कुश्वाहा, मौलापुर नगरपालिकाको प्रमुख रिना कुमारी साह, उप प्रमुखहरुमा सिमल कुमारी साह, परनिया देवी पटेल, गिता साह, राजकिशोर यादव, त्रिभुवन साह, निर्माण व्यवसायी नागेन्द्र साह सहित बाक्लो संख्यामा नेता तथा कार्यकर्ताहरुको सहभागीता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here