सर्लाही ९ चैतगते ।
सर्लाहीमा बम बिस्फोट हुँदा एक महिला घाइते भएकी छन् । बम बिस्फोटमा परी रौतहटको माधवनारायण नगरपालिका ८ पीपरा रजवाडाकी ३५ वर्षीया सुनिता देवी घाइते भएकी हुन् । उनको दुईवटा औंलामा घाउ लागेको छ ।

उनको उपचार गौर अस्पतालमा भइरहेको जनाइएको छ ।
सर्लाहीको रामनगर गाउँपालिकाको खर्बा गाउँ स्थित बागमती नदी नजिक बम बिस्फोट भएको हो । बागमती नदी पारी खेतमा घाँस काट्न गएको बेला साँझ ६ बजे बिस्फोट भएको छ ।

यता सर्लाहीका प्रहरी नायव उपरीक्षक कुवरले घटना रौतहटमा भएको बताएका छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here