रौतहट २५ फागुण ।
कटहरिया बजारबाट हराएको मोटरसाइकल २ दिनमा नै बरामत गरि सम्बन्धित ब्यक्तिलाई बुझाइएको छ । गत फागुन २३ गते राती ९ बजे रौतहटको कटहरिया बजारमा सोही नगरपालिकाको वडा नम्बर ५ बस्ने ओम प्रकाश जयसवालको ना ४३ प ८०१९ नं.को १५० सि।सि।को पल्सर मोटर साइकल चोरी भएको थियो । मोटरसाइकल हराएको खबर पाउनासाथ खोज तलासको लागि खटेको प्रहरी टोलीले रौतहट देवाही गोनाही नगरपालिकाको वडा नं ७ उचिडिहमा वेवारिसे अवस्थामा फेला पारेको थियो । उक्त मोटर साइकल धनी ओम प्रकाश जयसवाललाई मंगलबार आवश्यक कागजातको आधारमा जिम्मा लगाएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here