सिरहा १४ फागुन ।
सशस्त्र प्रहरीले सिरहाबाट अवैध औषधिसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमाधनुषाको धुनषाधाम नगरपालिका ९ धारापानीका ४२ वर्षीय अब्जल मन्सुर छन् ।
शुक्रबार सिरहाको भन्सार गेटबाट सशस्त्र प्रहरीले चेकजाँचका क्रममा ५० हजार रुपैयाँ बराबरको अवैध औषधिसहित मन्सुरलाई पक्राउ गरेको हो ।
नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले प्रदेश २–०२ ०११ प ४६४९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको बेला मन्सुरको साथमा औषधि फेला परेको जनाइएको छ । सशस्त्र प्रहरीले उनले प्रयोग गरेको मोटरसाइकलसमेत बरामद गरेको छ ।
पक्राउ परेका मनसुरलाई बरामद औषधि र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here