बिरगंज १ फागुन ।
नेपाल पत्रकार महासघ प्रदेश न.२ को दोस्रो प्रदेश साधारणसभा शनिबार सम्पन्न भएको छ । बिरगंज महानगर पालिका वडा न.१० स्थित बिरगंज नगर सभागृहमा प्रदेश अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा र नेपाल पत्रकार महासघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बिशिस्ट अतिथिमा नेपाल पत्रकार महासघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा , केन्द्रिय महासचिव रमेश बिस्ट , सचिब राम प्रसाद दाहाल , कोषाध्यक्ष राजेश मिश्र, नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिन्देल , महासचिव अजयबाबू सिवाकोटी , प्रेस संगठनका उपाध्यक्ष लालबाबु शेष , बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगी , उपमेयर सुश्री शान्ती कार्की , नेपाली काङ्ग्रेस पर्साका सभापति अजय दुबेदी , नेकपाका पर्सा अध्यक्ष प्रभु हजरा, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव , भारतिय महावाणिज्य दूतावासका पोल्टिकल सन्सुलर शैलेन्द्र कुमार , नेपाल पत्रकार महासघका केन्द्रिय सदस्यहरु देव कुमार यादव , शैलेन्द्र झा , अवधेध झा , जगदीश शर्मा , पुर्व केन्द्रिय सदस्य महेस दास,प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह , बृजलाल पासवान , पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल , सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का , जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल , नेपाल फोटो पत्रकार महासघ प्रदेश न.२ का अध्यक्ष पंकज श्रेष्ठ , फोनिज प्रदेश न २ का ईन्चार्ज निरज पिठाकोटे मगर , प्रदेश न २ का ८ वटै जिल्लाका जिल्ला अध्यक्ष श्याम बन्जरा, कमल उपाध्याय , रबिन्द्र साह , बिश्वनाथ ठाकुर , कमलेश मन्डल , अनिल मिश्र, दिनेश्वर गुप्ता र दिपेन्द्र लगायत प्रदेश न.२ का सम्पुर्ण पत्रकारहरुको उल्लेखनीय सहभागिता रहेको थियो । स्वागत मन्तव्य नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामिछानेले र कार्यक्रम सन्चालन महासचिव किरण कुमार कर्णले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here