काठमाडौं २९ माघ
सरकारले कोरोनाको पिसिआर परीक्षण शुल्क हजार रुपैयाँ तोकेको छ। अबदेखि सरकारी प्रयोगशालामा कोरोना परीक्षण गरिएको एक हजार लिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार स्वास्थ्य मन्त्रीको उपस्थितिमा भएको बैठकमा उक्त निर्णय भएको हो।
यसअघि सरकराले सरकारी प्रयोगशालामा कोरोना परीक्षण शुल्क २ हजार रुपैंया तोकेको थियो। निजीमा प्रयोगशालामा परीक्षणको विषयमा निर्णय भएको छैन।