बारा २७ माघ ।
बारामा स्रोत नखुलेको ४९ लाख नेपाली रुपैया सहित दुई जना लाई पक्राउ गरेको छ ।
बाराको फेटा गाउँपालिका वडा नम्बर ५ जोतपुरमा चेक जाँचको क्रममा उक्त रकम बरामद गरेको बाराका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक गौतम मिश्राले जानकारी दिए ।


बाराको जोतपुरस्थित दशगजा क्षेत्रमा बिआर ०५वाई ६५१७ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाल आउँदै गरेका मोटरसाइकल चालक भारत बिहारको मोतिहारी ग्राम पञ्चायत हरपुर घोडासहन बस्ने २६ वर्षिय अरविन्द महतो र पछाडी बस्ने १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुको साथबाट १ हजार दरको १ हजार २ सय २३ थान, ५ सय दरको ५ हजार ७ सय ४ थान, १ सय दरको १२ सय थान र ५० दरको १ सय थान गरी जम्मा ४९ लाख रुपैया बरामद गरिएको डिएसपी मिश्राले बताए ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक दिपेन्द्र साहीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here