जनकपुरधाम २२ माघ ।
प्रचण्ड–नेपाल समुहले घोषणा गरेको आमहड्तालको जनकपुरमा समान्य प्रभाव मात्र परेको छ ।
छोटो दुरीका सवारीसाधन जनकपुरको बजामा निर्वाध रुपमा चलेको छ ।विहानैदेखि लामो रुटका सवारी साधन नचलेपनि जिप, टिपर, ट्रक लगायतका सवारीसाधन फुटफुट रुपमा चलिरहेको छ ।आमहडताललाई मध्यनजर गर्दै व्यापक प्रहरी परिचालन गरिएको छ ।जनकपुरका बजार तथा केही शैक्षिक संस्थाहरु समेत खुला छ ।यद्दपी निर्वाध रुपमा यातायता, बजार, शैक्षिक संस्था तथा सरकारी कार्यालय संचालनकालागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको धनुषाका प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले बताएका छन् ।धनुषामा बन्दकर्ताले अहिलेसम्म कुनै किसीमको उपद्रवी तथा करकाप नगरेको उनको उनले बताए । यस्तै पुर्वपश्चिम राजमार्गमा समेत फाटफुट रुपमा गाडी चलिरहेको छ ।तर महोत्तरीको बर्दिबासका बजारमा, सवारीसाधन, उद्योग तथा शैक्षिक संस्था पुर्ण रुपमा बन्द रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here