काठमाडौँ २० माघ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड-नेपाल मंगलबार निर्वाचन आयोग पुगेका छन् ।
सोमबार बसेको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अनुसार आज प्रचण्ड नेपालसहित घनश्याम भुसाल, बर्षामान पुन, राजेन्द्र पाण्डेलगायतका नेताहरु आयोग पुगेका हुन् ।

प्रचण्ड नेपाल समूहले ४४१ जना केन्द्रीय सदस्य रहेको नेकपामा दुई तिहाई सदस्य आफु पक्षमा रहेको दाबि गर्दै आएका छन् ।
निर्वाचन आयोगमा अहिले सम्म नेकपाका दुवै पक्षले आफ्नो आधिकारिकता दाबि नगरेको भन्दै आयोगले यस बारेमा कुनै निर्णय नगरेपछि आज प्रचण्ड नेपाल पक्षले आधिकारिकता पनि दाबि गर्ने भएको स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here