वीरगञ्ज १७ माघ ।
वडा प्रहरी कार्यालय श्रीपुरले शुक्रवार भन्सार छलि नेपाल भित्र्याएको सामान प्रहरीले बरामत गरेको छ।बरामद गरेको कपडा मोटर पार्टसका समान, खाद्यन्न लगायतको समाग्रीहरु आवश्यक कारवाहीको लागि वीरगंज भन्सार पठाएको छ। वडा प्रहरी श्रीपुरको गस्ती टोलीले हिजो २ बजे भन्सार छली ल्याएको करिव साढे चार लाख बराबरको समान बरामद गरेको हो। बरामद गरिएको समान शनिवार आवश्यक कारवाहीको लागि वीरगंज भन्सार पठाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here