धनुषा १७ माघ ।
धनुषा को ढल्केवर–जनकपुर राजमार्गको लक्ष्मीनिया गाउँपालिका–४ सपहीस्थित सडकमा आज शनिबार बसले साइकललाई ठक्कर दिँदा धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ का ५० वर्षीय साइकल यात्री दिपचन्द्र यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । ना ४ ख १०६९ नम्बरको बसले यादव सवार साइकललाई पछाडीबाट ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका यादवको जानकी हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस सहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक रायले जनकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here