बारा १२ माघ ।
निजगढ नगरपालिकाका नगर भित्रका अति विपन्न र अशक्त र नागरिकहरु लाई जाडोबाट बच्न केहि सहयोग पुगोस भन्ने हेतुले ब्ल्यांकेट र थर्मश वितरण गरिएको छ । निजगढका मेयर सुरेश कुमार खनालको नेतृत्वमा सोमबारदेखि सो नगरका अति अशक्त र अपांग नागरिकहरुको घर घरमै पुगेर सो सामाग्रीहरु वितरण गरिएको निजगढ नगरपालिकाको महिला,वालवालिका तथा समाज कल्याण शाखाकि प्रमुख रोजी श्रेष्ठले जानाकारी दिुभएको हो ।अशक्त तथा अपांग नागरिकहरुलाई जाडोबाट सुरक्षित राख्ने उद्धेश्य स्वरूप नगरपालिकाले ब्ल्यांकेट र थर्मश वितरण गरेको मेयर सुरेश कुमार खनालले जानाकारी दिनुभयो भयो । मेयर खनालले यस अघि नगरका ज्येष्ठ नागरिकहरुलाई पनि उक्त सामाग्रीहरु वितरण गरेको बताउनु हुँदै अति अशक्त र अपांग भएका नागरिकहरुको सहजताको लागि घरघरमै पुगेर वितरण गरिएको बताउनुभयो । नगरपालिकाले नगर भित्रका करिब १९८ जना पूर्ण अपांग र अशक्त भएकाहरुलाई सो सामाग्रीहरु वितरण गर्ने निजगढ नगरपालिकाको महिला,वालवालिका तथा समाज कल्याण शाखा कि प्रमुख रोजी श्रेष्ठले जानकारी दिनु भयो । नगरपालिकाले वडा नम्बर १ भरत गंज सिंगौल बाट सो सामाग्री वितरण शुरु गरीएको हो । सामाग्री ग्रहण गर्दै नागरीकहरुले नगरपालिकाले घरघरमै आएर सेवा दिएको भन्दै खुशी व्यक्त गरेका छन्। अपांग तथा अशक्तहरुलाई थर्मस र ब्ल्यांकेट वितरण गर्न मेयर खनाल सहित स्थानीय जनप्रतिनिधिहरु घरघरमा पुगेर सामान वितरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here