हुम्ला ६ माघ ।
हुम्लाको अदानचुली गाँउपालिकामा नेकपाको ओली र प्रचण्ड(माधव समूहबिच झडप भएको छ । समूहबीच झडपमा अदानचुली गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रंग थापा घाइते भएका छन् घाईते थापालाई थप उपचारका लागि हेलिकप्टरबाट जिल्ला अस्पताल सिमकोट ल्याईएको छ ।

आइतबार दिउसो वडाध्यक्ष थापाको नेतृत्वमा अदानचुलीको कल्ख्यामा नेकपाको ओली पक्षले वडा कमिटी गठन गरेर फर्कने क्रममा बाटोमा प्रचण्ड-नेपाल पक्षका कार्यकर्ताहरुले ढुङ्गामुढा गर्दा वडाध्यक्ष थापा घाइते भएका गाउँपालिका अध्यक्ष दल फडेराले बताएका छन् ।

थापाको टाउको तथा मुखमा चोट लागेको हो । स्थानीय स्वास्थ्य चौकीमा अध्यक्ष थापालाई ६ वटा टाँका लगाइ उपचार गरिएको भए पनि स्थानीय स्वास्थ्य चौकीमा वडाध्यक्ष थापाको उपचार नहुने भएपछि माउण्टेन एयरको हेलिकप्टर चार्टर गरी थप उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याइएको अध्यक्ष फडेराले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here