बारा २८ पौष ।
देवताल गाउँ पालिकाको अन्तर्गत खाने पानी धारा पाइप गाड्ने काम सुरु छ । तर कुनै वडामा मात्र पाईप र हेड मात्र गाउँ पालिकाले बेहोर्नु परेको छ। पाइप जाला जनताले दिने वडा न. ४ मा लुट तन्त्रको मन्त्र लागेको छ ।

जनता लाई झुक्याएर पाइप टुक्रा टुक्रा जोडेर गाड्ने काम भइरहेको छ। आज फेला परेको खण्डमा गाउँ पालिकाको ओभरसियर ओकिल मिया फोन गरेर सँग सोघदा त्यो पाईप नगाडन भन्नु पछि मिस्त्री लाई फोन मार्फत ओभरसियरले त्यस्तो पाईप गाडन मिल्दैन भन्ने कुरा गर्नु भएको छ।तर उपभोक्ता समितिको अध्यक्ष र कुनै सदस्य पाइप गाड्ने ठाउँमा न पुगेका थिए। १३५ फिट पाइप गाडेर अर्को पाइप हाल्नु पर्ने भएता पनि प्लास्टिक को पाइप टुक्रा पाएको थियो। जुन मान्छे लाई खाने पानी धारा आवस्यक थियो उहाले इनकार गर्नु भएको छ।

मलाई यस्तो पाईप चाहदैन सतार मियाको छोरा गनी महमद हवारीले जानकारी दिए।हवारी को भनाई “म हरेक जन प्रतिनिधि हरु संग गुहार माग्दै आएका थिए तर मलाई सहयोग नगर्ने मनसायले म बिचल्लीत थिए पानीको समस्याले ।

तर अरुको नाम मा आएको खाने पानी धारा पाइप मलाई दिनुभयो तर गाउँ पालिकाको जन प्रतिनिधि हरु दिएन। म यो पाईप गाड्न दिदैन फरजुली काम मलाई चाहिदैन” हवारीले जानकारी दिए।पाईप गाड्ने मिस्त्रीले गएर उपभोक्ता समिति लाइ भन्दा अर्को पाइप दिनु भने उपभोक्ता समिति सिधा जवाफ दिनु भयो अर्को पाइप छैन मिस्री को भनाई अब मेरो दिन भरि काम गरेको जालाको दिन्छ भन्ने जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here