ललितपुर १७ पौष ।
जिल्लामा नौं वर्षीय बालिका बतात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको हो ।

झापा घर भई ललितपुर महालक्ष्मी नगरपालिका ३ इमाडोल बोजेपोखरी बस्ने ४२ वर्षीय हर्कबहादुर विकलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका विकविरुद्ध जबरजस्ती करणीको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेकोसमेत प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here