/fli6«o;efsf] a}7s /fli6«o;efsf] d+unaf/sf] a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nL, u[xdGqLnufot ;b:ox? . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौं १७ पौष ।
आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ । बैठकमा प्रधानमन्त्रीले गरेको संसद विघटनको घटनादेखि समसामयिक राजनीति र जनसरोकारका जल्दाबल्दा विषय उठ्ने बताइएको छ ।
अपरान्ह ४ बजे सुरु हुने राष्ट्रिय सभा सातौं अधिवेशनमा सभाका अध्यक्ष गणेश तिमिल्सेनाले अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची रहेको जनाइएको छ। यस्तै, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाउने पनि कार्यसूचीमा छ ।

भोलिको बैठकमा समिति गठन आदेश, राष्ट्रिय सभाका समितिहरुको गठन सम्बन्धी आदेश अनुमोदनको लागि पेश हुनेछ। बैठकको प्रारम्भमा संसदीय दलका नेताहरुले मन्तव्य राख्नेछन्। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेश गर्ने कार्यक्रम रहेको छ ।

गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ अध्यादेश पेश गर्ने कार्यतालिका छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधी अध्यादेश पेश गर्नुहुनेछ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने कार्यक्रम रहेको छ । सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले प्रतिनिधि सभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर केसी, प्रतिनिधि सभाका पूर्व सदस्य ओमकारप्रसाद गौचन र राष्ट्रिय सभाका पूर्व सदस्यद्वय दिपकबहादुर गुरुङ र इन्द्रहाङ्ग लिम्बुको निधनमा शोक प्रस्तावहरु प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

राष्ट्रिय सभामा सामेल हुने सांसद तथा कर्मचारीहरुको बिहीबारनै कोरोना परीक्षण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here