रौतहट २९ मंसिर ।
सरकारको विरोधमा नेपाली काँग्रेस रौतहटले सोमवार सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेको छ ।
काँग्रेसका रौतहट अध्यक्ष कृष्ण प्रसाद यादवको नेतृत्वमा राइस मिल्सबाट प्ले कार्ड, झण्डा लिएर निस्किएको विरोध जुलुुश गौर नगरको परिक्रमा गर्दै कम्युनिष्ट सरकारले मुलुकमा पुन ः अधिनायकवाद ल्याउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन ।
काग्रेसका नेता एवं कार्यकर्ताहरु ओली सरकार विरुद्ध चर्का नाराबाजी गरेको थिए । गौर नगर परिक्रमा पश्चात पुन ः राइस मिल्सको मैदानमा विरोध जुलुश कोण सभामा परिणत भएको थियो ।

कोण सभालाइ सम्बोधन गर्दै सभापती यादवले दुई तिहाईको ओली सरकारबाट जनतालाइ गणतन्त्र संस्थागत, जनताको इच्छा आकांक्षा पुरा हुने विश्वास लिएएको तर जनताको इच्छा आकाक्षा माथि कुठाराघात गर्दै भ्रष्टाचारी, बलात्कारी, अपहरणकारी लगायतका व्यक्तिहरुलाइ संरक्षण दिदै मुलुुकमा पुन ः अधिकानयकबादलाइ प्रसय दिने कार्य मात्रै गरेको बताउनु हुदै त्यस्ता भ्रष्ट एवं अधिनायकवादको नियती भएको सरकारलाइ हटाउनु बाहेक कुनै विकल्प नरहेको स्पष्ट पा्ेका छन ।
विरोध सभालाइ सम्बोधन गर्दै रौतहट क्षेत्र नम्वर ४ का संघिय सासद एवं नेपाली काग्रेसका नेता देव प्रसाद तिमल्सिनाले कोभिडको नाममा अरबौ रुपिया भ्रष्टाचार गरेको आरोप लगाए ।
वेरोजगारीको बोझबाट आक्रान्त रहेका जनता सरकारबाट मुक्ति चाहिरहेको नेपाली काग्रेस जनताको पक्षमा उभिएको र जनविरोधी निकम्मा सरकारको बिरोधमा रहेको बताएका छन ।

रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिका परिक्रमा गरि नेकपा सरकार मुर्दावाद,केपी ओलि तेरो पराले दुख पायो सारा,नेपाली क्राङ्ग्रेस जिन्दावाद ,नेकपा मुर्दावाद आदी नारा सहित प्रदर्शन गरिएको छ ।
पार्टीका केन्द्रीय सदस्य रामकृष्ण यादवको प्रमुख आतिथ्यतामा आयोजित विशाल विरोध सभामा नेपाली काँग्रेस रौतहटका पचासौ हजार नेता,कार्यकर्ता, शुभेच्छुक,स्थानीय निवार्चित जनप्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here