सप्तरी २७ मंसिर ।
विष्णुपुर गाउँपालिका ६ मा पिकअप भ्यानमा आगलागी भएको छ । गोरगमाका बेचन मुखियाको भ्यानमा शनिबार बिहान अपरिचित व्यक्तिले आगजनी गरेका हुन् ।

आफ्नै घरअगाडि राखिएको स १ च. १७२५ नम्बरको भ्यानमा आगजनी भएको हो। प्रहरीका अनुसार आगजनीबाट २४ लाख बढीको क्षति भएको छ ।

बिहान १ बजे घर अगाडि राखिएको पिकअपमा पेट्रोल छर्केर आगजनी गरेको पीडितले बताए । आगो स्थानियबासी, प्रहरी तथा राजविराजबाट आएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

व्यक्तिगत राजनीतिक रिसीभीका कारण पिकअपमा आगजनी गरिएको हुन सक्ने बताइएको छ, यसबारे थप आवश्यक अनुसन्धान कार्य भइरहेकोसमेत प्रहरीले जनाएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here