काठमाडौँ, २७ मंसिर ।
विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ लाख नाघेको छ । वर्ल्ड मिटरको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा विश्वभर कोरोना संक्रमणका कारण थप १२ हजार २ सय १५ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ लाख ३ सय ८९ पुगेको छ । यस्तै कोरोना संक्रमणका कारण विश्वभर संक्रमित हुनेको संख्या ७ करोड १४ लाख नाघेको छ । वर्ल्ड मिटरको तथ्यांक अनुसार विश्वभर पछिल्लो २४ घण्टामा थप ६ लाख ८८ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना महामारी सुरु भएको एक वर्ष हुनै लाग्दा हालसम्म विश्वभर संक्रमित हुनेको संख्या ७ करोड १४ लाख १९ हजार ७ सय ४३ पुगेको छ ।
यस्तै हालसम्म कोरोनाका कारण संक्रमित भएकामध्ये ४ करोड ९६ लाख २५ हजार १ सय ५७ जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या २ करोड १९ लाख ४ हजार १ सय ९७ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here