रौतहट २६ मंसिर ।
रौतहटको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज आजदेखी सञ्चालन भएको छ ।
जिल्लाको कटहरिया नगरपालिका ८ पिप्रा पोखरीयामा अवस्थित बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज यस वर्षको लागि आजदेखी सञ्चालन भएको छ ।
उद्योग सञ्चालनको लागि आज मिलको ढोंगाको पुजा गरिएको छ । उद्योग सञ्चालनको निमित्त आज मिलको ढोंगाको पुजाआजा गरिएको छ ।
ढोंगाको पुजा भएसँगै यस वर्षको लागि मिल विधिवत रुपमा आजदेखी उखु क्रसिङ गर्न सुरु शुरु गरेको छ ।
दुई वर्ष अघि सञ्चालनमा आएको बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिजको दैनिक २५ हजार क्वीन्टलसम्म उखु क्रसिङ गर्ने क्षमता रहेको छ ।
यस वर्ष १० देखी १५ लाख क्वीन्टलसम्म उखु क्रसिङ गर्ने लक्ष्यका साथ मिल आजदेखी सञ्चालन गरेको उद्योगपछि बैजु बाबराले जानकारी दिएका छन ।
मिलले गत वर्ष साढे ६ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएकोमा ५ लाख क्वीन्टलसम्म उखु क्रसिङ गरेको उद्योगपति बाबराले बताएका छन ।
गत वर्ष जस्तै यस वर्ष पनि किसानहरुलाई उखु खरिद गरेको १५ दिन भित्रमै भुक्तानी दिने उद्योगपति बाबाराले बताए । अन्य चिनि उद्योग जस्तै यस मिलमा उखु खरिद गरेवापतको भुक्तानी दिन कुनै समस्या नहुने उनले बताए ।
मिलले गत वर्ष पनि किसानहरुलाई उखु खरिद गरेको १५ दिनमै भुक्तानी दिएको थियो ।
रौतहटमा दुई वटा चिनी उद्योग रहेको छ । दुई वटामध्ये सबभन्दा ठुलो उद्योगको रुपमा रहेको श्रीराम सुगर मिल्स गरुडा गत वर्षदेखी बन्द रहेको छ ।


गरुडामा श्रीराम सुगर मिल्स र पिप्रा पोखरीयामा बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज गरी यस जिल्लामा दुईवटा चिनि उद्योग रहेको छ जसमध्ये गरुडा मिल बन्द भएको छ ।
मिल्स घाटामा गएको भन्दै गरुडा श्रीराम सुगर मिल्स प्रशासनले गत वर्ष सुचना नै निकालेर मिल्स सधैका लागि बन्द भएको जनाएको थियो ।
गरुडा मिल्स बन्द रहेको अवस्थामा बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डस्ट्रिज आजदेखी सञ्चालन भएपछि रौतहटेली किसानहरु निकै खुसी भएका छन ।
गरुडा मिल्स बन्द हुँदा निरास भएका उखु किसानहरु बाबा बैजुनाथ सुगर मिल्स सञ्चालन भएपछि हर्षित भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here