सिरहा,२७ मंसिर ।
पुर्व पश्चिम लोकमार्ग सिरहाको करजना नगरपालिकाको बन्दिपुरमा शनिवारबार एक कार्यक्रमका विच बाबा तालको भ्यु टावर उदघाटन कार्य सम्पन्न भएको छ ।
बन्दीपुरवाट करिव २ किलो मिटर उत्तर चुरे श्रृखलामा अवस्थित बाबा ताल परिषरमा नव निर्मित भ्यु टावरको उद्घाटन उच्चस्तरिय प्रशासन आयोगका अध्यक्ष कासीराज दहाल तथा सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कडेलले सयुक्तरुपमा गर्नु भएको छ।


नेपाल सरकार पर्यटन विभागको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त टावरको उदघाटन स्थानिय जनप्रतिनिधी एवम सर्वसाधारणहरुको बाक्लो सहभागीता गरिएको हो । भ्यु टावरको उदघाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै रौतहट निवासी सिरहाका प्रजिअ कडेलले रौतहट जिल्ला चन्द्रपुर २ को चुरे श्रृखलाको रामचुआ पिकबाट हुसु नलागेका बेला नागो खाले सिमरा विमानस्थल एवम राम्रो दुरविनको प्रयोगबाट भारतको पटनाराज्य समेतको दृश्य सजिल्लैसंग देख्न सक्ने समेतको विषयको स्थलगत पर्यटन प्रर्वधनको विकास सम्बन्धित निकाय तथा सरोकारबालालाई आवहान समेत गर्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here