रौतहट २७ मंसिर ।
रौतहटको गरुडा नगरपालिकामा भौतिक पुर्वाधार तथा जग्गाको लालपुर्जा हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । गरुडा नगरपालिकाको वडा नम्बर २ गेडहीगुठी स्थित श्री माध्यमिक विधालय गेडहीगुठीमा आज मंसिर २७ गते शनिबारका दिन सो कार्यक्रम गरिएको थियो । विधालयको प्रांगनमा भएको कार्यक्रमको प्रमुख अतिथीको रुपमा प्रदेश सांसद तथा प्रदेश नम्बर २ का विकास समितीका सभापती विधायक फुलबाबु रहनु भएको थियो भने विशिष्ठ अतिथीको रुपमा गरुडा नगरपालिकाका प्रमुख इन्नु राय यादव रहनु भएको थियो । कार्यक्रमलाइ संचालन विवेक शर्माले गर्नु भएको थियो । विधालयको नाममा खरिद गरिएको जग्गाको लालपुर्जा विधालयलाइ जिम्मा लगाउनको लागि सो कार्यक्रम गरिएको थियो ।

जग्गादाता कौशलया देवि सहनीले आफनो नाममा रहेको ४ कठा १ धुर जमिन यस अघि नै विधालयको नाममा पास गरिसकेकी थिइन् भने आज एक कार्यक्रमका बिच विधालयका प्रधानाध्यापक जंगबहादुर ठाकुरलाइ लालपुर्जा बुझाएकी थिइन् ।
त्यस्तै जग्गा हस्तान्तर कार्यक्रमको अवसरमा बोल्दै मावि गेडहीगुठीका प्रधानाध्यापक ठाकुरले विधालयका विधार्थी र अभिभावक बिचको सम्बन्ध राम्रो रहेको भन्दै अबको तिन वर्षमा विधालय लाइ नगरकै उत्कृष्ट विधालय बनाउने आफनो सोच रहेको बताउनु भएको थियो ।
एक अर्को प्रसंगमा बोल्दै प्रअ ठाकुरले विगतको दिनहरु भएको विवादका कारण केहि विधार्थीहरु माथि मुद्धा चलिहरेको छ त्यसलाइ सबै पक्ष संग आग्रह गरि सुलझाउने प्रयास गर्ने बताउनु भयो ।

कार्यक्रममा जग्गादाता कौशल्या देवि सहनी सहित ६ जना लाइ दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।
यस अवसरमा प्रमुख अतिथी विधायक फुलबाबु ,नगर प्रमुख इन्नु राय यादव सँगै जसपा जिल्ला इन्चार्ज व्रिजकिशोर यादव,नेपाल शिक्षक संगठनका जिल्ला सचिव सफिन्द्र यादव,युवा नेता अनिल यादव,राजकुमार दास,कौशल खान मिथला,गरुडा नपाका शिक्षा संयोजक मौजेलाल यादव,विधालय व्यस्थापन समितीका अध्यक्ष हरिलाल सहनी सहित अभिभावक,विधार्थी,भद्रभलादमी सहित दर्जनौं स्थानियहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here