काठमाडौं २७ मंसिर ।
सरकारले उखुको मूल्य आठ रुपैयाँले बढाउने निर्णय गरेको छ ।कृषि तथा विकास मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले न्युनतम समर्थन मूल्य बढाएर प्रतिक्विटल पाँच सय ४४ रुपैयाँ ३३ पैसा बनाउने निर्णय गरेको।

नयाँ मूल्यमा लागत तीन सय ८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्विटल अनुदान ६५ रुपैयाँ २८ पैसा रहेको जनाइएको छ ।

नेपाल उखु उत्पादक महासंघले भने चिनीको मूल्य एक किलोमा ३२ रुपैयाँले बढ्दा उखुको मूल्य भने निकै कम मात्रामा बढ्नु दुःखद भएको बताएको छ ।

यता, किसानहरुले चिनी उद्योगीबाट लिनुपर्ने करिब ९० करोड उठाउन निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here