रौतहट २६ मंसिर ।
१६ दिने लैंगिक हिंसा बिरुद्ध अभियान अन्तर्गत चन्द्रपुर नगरपालिका प्राङगणमा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न भएको छ।
चन्द्रपुर नगरपालिकाको आयोजनामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत विहिबार अन्तिम दिन दिप प्रज्ज्वलन कार्यक्रम गरिएको सो कार्यक्रम सम्पन्न भएको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले बताउनु भयो । ”लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता ,व्यक्ति समाज र सबैको एक्यबद्धता ” भन्ने मूल नारा सहित १६ दिने लैंगिक हिंसा अभियान सुरु गरिएको उँहाले बताउनुभयो।
महिलाहरुले विभिन्न स्थानका हिंसा हुँदै आएकाले अब समाज परिवर्तन नगराएसम्म महिला हिंसाको अन्त्य हुन नसक्ने सहभागीहरुले बताए।
महिलाहरुले आफुमाथी हुने गरेकका कुनै पनि घटनाहरुको प्रतिकार गर्न सक्ने आट र साहस गर्न सक्नु पर्ने महिला अधिकारकर्मीहरुले बताएका छन् ।
हिंसा पिडितहरुले समेत विभिन्न डर त्रासका कारण हिंसाका कयौं घटनाहरु बाहिर ल्याउन नसकेकाले हिंसाका घटना बढेको उनीहरुले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here