पाल्पा २४ मंसिर

बुटवल । गएराति पाल्पाको प्रहरीले बगनासकाली स्वास्थ्य चौकी नजिकै खोल्सामा फालिएको अवस्थामा एक नवजात शिशु मृत फेला पारेको छ ।

बगनासकाली गाउँपालिका –१ खोरबारी भन्ने स्थानमा रहेको हेल्थ पोष्ट नजिकैको खोल्सामा नवजात शिशु छोरा मृत फेला पारिएको पाल्पाका प्रहरी प्रबक्ता डिएसपी मदन गिरिले दिएको सूचनामा उल्लेख छ ।

अनुसन्धान गर्दै जाँदा उक्त नवजात शिशु तानसेन नगरपालिका –१४ घर भई बगनासकाली गाउँपालिका ३ स्थित माईती घरमा बस्दै आएकी २६ बर्षीया हुमा कुमारी दर्जीले फालेको खुल्न आएकोले निज महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्न लागिएको पाल्पाकाको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here