रौतहट २४ मंसिर ।
रौतहट निर्वाचन क्षेत्र ४ (ख) का प्रदेश सांसद एवम् प्रदेश विकास समिति सभापति शेख अबुल कलाम अजाद फुलबाबुको संसदीय कोषबाट गरुडा नगरपालिका ८ बिर्ता मुस्लिम टोलमा मुस्लिम समुदायहरुको प्रार्थना स्थल जाम्मे मस्जिद एवम बिर्ता टोलको दक्षिण हिन्दु टोलमा ब्रह्मण बाबा मन्दिरको एक कार्यक्रम विच बुधबार सिलान्यास भएको छ ।
प्रदेश २ का उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्री राम नरेश राय यादव प्रमुख अतिथि एवम फुलबाबुको संयुक्त उपस्थितिमा गरुडा नगरपालिका ८ बिर्ता टोलमा जाम्मे मस्जिद र ब्रह्मण बाबा मन्दिरको सिलान्यास कार्य एकैसाथ सम्पन्न भएको हो।


सिलान्यास कार्यक्रममा जसपाका कथमुनी जसवाल, शेख हकिम, राजकुमार दास, कौशर खान मिथिला, अनिल राय यादव, वार्ड नं ८ का वडा अध्यक्ष मोहरस आलम, ९ का वडा अध्यक्ष राजेश सहनी लगायत धर्म गुरु मौलाना, साधुशन्त, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी,जेष्ठ नागरिक, पत्रकार समेतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here