Minister for Foreign Affairs Prakash Sharan Mahat speaks at a press conference during PM Pushpa Kamal Dahal's India visit, in New Delhi, on Saturday, September 17, 2016. Photo: RSS

काठमाण्डौ,२० मंसिर ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ ।
सरकारले निरंकुश प्रवृति देखाएको भन्दै कांग्रेसले आगामी २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले ७७ वटै जिल्लामा एकैसाथ विरोध प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिनु भयो । नेता महतले सरकारले अधिनायकवादी प्रवृति देखाइराखेको र देशमा दमन र बेथितिको अवस्था रहेको आरोप समेत लगाए । त्यसबाहेक कोभिड १९ अव्यवस्थापनमा चरम सीमा नाघेको र भ्रस्टाचारलाई संरक्षण गरेकोे विरोधमा प्रदर्शन गर्न लागिएको उनले बताए ।
यस्तै संसदको तत्काल बैठक बोलाउन समेत माग गरिएको सहमहामन्त्री महतले संचारकर्मीहरुलाई बताउदैं सरकारले लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप समेत लगाए । कोभिडको अव्यवस्थापन, भ्रष्टाचार, दमनकारी प्रवृति लगायतका विषयमा तत्काल छलफल गर्न आवश्यक रहेकाले पनि संसद बैठकको माग पार्टीले गरेको स्पष्ट पारेका छन् i

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here