डडेल्धुरा २४ कात्तिक ।
डडेल्धुरामा बाघको आक्रमणबाट एक जना बालकको मृत्यु भएको छ। आइतबार साझ जिल्लाको भागेश्वर गाउँपालिका १ रुपालमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा १२ वर्षीय बालक दिलबहादुर साउद रहेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता राजेन्द्रबहादुर चन्दले जानकारी दिए।
उनका अनुसार बालकलाई घर नजिकै बाघले आक्रमण गर्दा उनको मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here