महोत्तरी १६ कार्तिक ।
महोत्तरीमा एक महिलाको शव सडेगलेको अवस्थामा फेला परेको छ । शनिबार दिउँसो १ बजे बर्दिबास नगरपालिका ३ पाटु सामुदायिक वन दोभान स्थित अन्दाजी ५५–६० वर्षीया महिलाको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलि पुगेर शवको घटना स्थल तथा लाशजाँच प्रकृती समेतको कार्य सम्पन्न गरेको जनाएको छ ।

मृतकको शव सडेगलेर दुर्गन्धित भइ नचिचिने अवस्था रहेको कारण सोही ठाउँमा व्यवस्थापन गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । संभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here