रौतहट, २४ असोज ।
रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं. ५ अन्र्तगत रहेको माध्यमिक विधालय महमदपुरमा शुक्रबार देखि विधार्थीहरुका लागि कम्प्युटर लैव, विज्ञान प्रयोगशाला तथा पुस्तकालय संचालनमा आएको छ ।


नगरपालिकाका नगर प्रमुख इन्नु राय यादवले शुक्रबार एक कार्यक्रमका विच विधालयका लागि नगरपालिकाले विनियोजन गरेको रकमबाट विधालयमा व्यवस्थित गरिएको तिनै समुहको उदघाटन गर्नु भएको हो ।


जिल्लाको मध्यभागमा रहेको उक्त नगरपालिकाले आफना नगर भित्र रहेको विधालयहरुलाई व्यवस्थित बनाउन कम्प्युटर लैव, विज्ञान प्रयोगशाला तथा पुस्तकालय लगायत शिक्षक व्यवस्थापनको कार्यमा नियमित रुपमा जोड दिने क्रम संगैं यस विधालयमा पनि उक्त प्रयोगशालाहरुको व्यवस्थापन गरिएको नगरपालिकाका नगर प्रमुख इन्नु राय यादवले बताउनु भयो ।


विधालयका प्रधानाध्यापक चुल्हाई राय यादव तथा जनता समाजवादी पार्टीका रौतहट इन्र्चाज बृज किशोर यादव एवम युवा नेता अनिल कुमार यादवको उपस्थितिमा तथा सम्बन्धित वडाका वडाअध्यक्ष जयमंगल राय यादवको आतिथ्यतामा उदघाटन कार्यक्रम संपन्न भएको थियो ।
विधालयमा यस्ता सराहनीय कार्य भएको देखदा विधालयका शिक्षक, अभिभावक तथा विधार्थीहरु खुशी देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here