नवलपरासी २४ असोज ।
नवलपरासीको बर्दघाट नगरपालिकाले ६० बर्षको उमेरसम्म सेवा गर्ने महिला स्वास्थ्य स्वयंसेविकालाई २ लाख रुपैयाँ रकम दिएर बिदाइ गर्ने कार्यक्रम अगाडि ल्याएको छ।स्वयंसेविकालाई कामप्रति प्रोत्साहन र हौसला प्रदान गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकालक्षित कार्यक्रम ल्याएको नगरपालिकाको भनाइ छ। ६० बर्ष उमेर नपुग्दै काम छाड्ने महिला स्वास्थ्य स्वयंसेविकाले भने उक्त सुविधा पाउने छैनन्। नगरपालिकामा पेस भएको नागरिकताका आधारमा उनीहरुको उमेर गणना हुने नगरपालिकाले जनाएको छ। ६० वर्ष उमेर पुगेपछि पनि सेवा गर्न चाहने स्वयंसेविकाले काम गर्न भने पाउनेछन्। त्यसपछि पनि काम गरे सेवा छाड्ने समयमा उक्त २ लाख रकम प्रदान गरिनेछ। बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्माले नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानजनक स्वेच्छिक बिदाइ कार्यक्रम ल्याएको बताए।
उनले ६० बर्ष उमेर पुगेपछि सेवाबाट स्वेच्छिक रुपमा छाड्दा वा त्यसपछि छाडेको समयमा प्रोत्साहन रकम प्रदान गरिने जानकारी दिए। बर्दघाटमा ६० वर्षको उमेर पुगेपछि स्वयंसेविकाले सेवा छाड्ने र टोलका आमाहरु बसेर नयाँ महिला स्वास्थ्य स्वयंसेविका छान्ने प्रचलन गरेको नगर प्रमुख शर्माले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here