काठमाडौं, २४ असोज ।
नेपालमा एकै दिन १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै,१० वटा जिल्लाका २ महिला र १२ पुरुष गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सुनसरीमा ४५, मोरङमा २० र ७२, सर्लाहीमा ७१ वर्षीय पुरुष, काठमाडौंमा ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ। ललितपुरमा ४३ र ४९, भक्तपुरमा ६८, मकवानपुरमा ७७ वर्षीय पुरुष, धादिङमा ३१ वर्षीया महिला, नवलपरासी पूर्वमा ३६ र रुपन्देहीमा ५७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here