बारा २४ असोज ।
बर्तमान अवस्थामा महिलाहरुमाथी दिनानुदिन भई रहेको बलात्कार तथा हिन्साको घटनामा संलगनहरुमाथी कार्यवाहीको माँग गर्दै निजगढ युवा संजालले बाराको निजगढमा गरेको रैलीमा मेची महाकाली बुहारी सयुक्त आवाज बाराले एक्यवद्धता जनाएको छ ।
बलात्कारीलाई फाँसी देउ, एसिड प्रहारीमाथी कडा कानुनको निर्माण गर , हाल सम्म भएका महिला हिन्साका घटनाका दोषीमाथी कडा कार्यवाही गर जस्ता नाराका साथ निजगढमा निस्केको रैलीमा मेचीमहाकाली बुहारी संयुक्त आवाज को संयोजक सावित्री बराल तिमल्सिना, उपाध्यक्ष सगुन लामा, शान्ति लामा, सचिव उषा थापा, मोक्तान सदस्यहरु सरिता देवकोटा, राधा कृष्ण थापा लक्ष्मी चौलागाई तथा सल्लाहकार सुभद्रा नेपाल लगायतले बैनर सहित सहभागी जनाएका छन् ।
निजगढ युवा संजालका अध्यक्ष श्याम शाहको अध्यक्षतामा भएको कार्यक्रममा सयौंको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here