धादिङ २४ असोज ।
धादिङको थाक्रे नौ किलोमा बस र टिपर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु र एकजना घाइते भएका छन्। शनिबार बिहान करिब ३ बजे भएको दुर्घटनामा परी टिपर चालक ललितपुर महानगरपालिका–२९ हरिसिद्धिका ३५ वर्षीय कृष्ण लामाको मृत्यु भएको हो। यस्तै, दुर्घटनामा घाइते भएको मकवानपुरको कैलास गाउँपालिका–५ का २२ वर्षीय अजय मोक्तानलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। काठमाडौबाट मलेखुतर्फ जाँदै गरेको बा ५ ख ४९९ नम्बरको टिपरले र रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४९२ नम्बरको बस एकापसमा ठोक्किएको थियो। ठक्करबाट टिपर सडकबाट ५० मिटर तल महेश खोलामा खसेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here