काठमाडौं २१ असोज ।
बाँकेको नरैनापुर गाउँपालिका ५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट २ थान नलकटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका(२० मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाँउ र नेपालगंज उपमहानगरपालिका १९ बासुदेबपुर बस्ने ३३ वर्षीय ईब्राहिम बेहना रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here