काठमाडौं १२ असोज ।
मकवानपुरको चुरियामाईमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्याक्टर चालक बाराको परवानीपुर गाउँपालिका(१ बस्ने २२ वर्षीय लालबाबु यादव रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका(१५ स्थित चुरियामाईमा ना।५ ख ४१६४ नम्बरको ट्रकले ना।३ त ६९३१ नम्बरको ट्याक्टरलाई सोमबार बिहान ठक्कर दिंदा यादव घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्रक र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here