काठमाडौं, ८ असोज ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४ सय ५७ जना कोरोना संक्रमणपछि निको भएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको बताए । उनले यो संख्या कुल संक्रमितको ७२ दशमलव ७ प्रतिशत रहेको पनि बताए । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको दरमा वृद्धि भएपनि निको हुने दर राम्रो रहेको प्रवक्ता गौतमले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here