रौतहट, २४ भाद्र ।
रौतहट प्रहरी हिरासतमा मृत्यु भएका विजय रामको मुत्यु कारणबारे गठित छानविन टोली रौतहटमा आई छानविन प्रक्रिया अघि बढाएको छ ।
मंगलबार छानविन गठित टोलीका संयोजक डोलेन्द्र निरौलाले रौतहटका राजनितिक दलका अध्यक्ष तथा प्रतिनिधीहरुसंग घटनाबारे जानकारी लिएका छन् । टोलीका संयोजक निरौला तथा सदस्य रौतहट जिल्ला अनुशंधान कार्यालयका प्रमुख अभय सिंहले जिल्ला समन्वय समिति रौतहटमा कार्यक्रम नै आयोजना गरि रौतहटका राजनितीक दलहरु एवम सरोकारबालाहरुलाई बोलाई छलफल गरेका हो ।

टोलीले रौतहट गरुडा ८ का निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका विजय रामलाई प्रहरी हिरासतमा रहेका बेला यातना दिएको र उनको मृत्यु भएको घटनाको अनुसन्धान गर्नका लागि औपचारिक रुपमा अनुशंधान कार्य अगाडी बढाउन रौतहट स्थित जिल्ला समन्वय समितिको सभा हलमा विभिन्न राजनीतिक नेपाली कांग्रेस सभापति कृष्ण प्रसाद यादब, नेकपाका अध्यक्ष कमल यादव र जसपा नेता सेख जमसैद, राज कुमार दास, बहुजन सक्ति पार्टीका मटुक पासवान, नेपाली कांग्रेस युवा नेता नितिश कुमार गुप्ता लगायतका नेताहरु संग छलफल गरेका हुन ।


छलफलमा सहभागीहरुले दोषी उपर कानुनी बमोजिम कार्वाही माग गर्दै र घटनाको विषयमा आफ्नो तर्क राखेका थिए । टोली ३ दिन भित्र आफनो प्रतिवेदन सार्वजनिक गर्ने बताएको जानकारी सहभागी नितेश कुमार गुप्ताले जानकारी गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here