रौतहट, २४ भाद्र।
विदेशी भुमिमा बसेर पनि नेपाल आमालाई माया गर्ने एक सरल स्वभावकी गीतकारका रुपमा चिनिने समाजसेवी यशु थापाले बर्तमान अवस्थामा चलि रहेको लकडाउनका बेला आफना गीतहरु सुटिंग पछि सार्वजनिक गरेकी छिन् ।
कोभिड १९ को मार झेली रहेको विश्व परिवेशमा सबै क्षेत्र घरमा बसिरहेको बेला अमिर शेक र जयतोसना योगिको म्युजिक भिडियोमा रिलिज भएको ‘आगमन’ भिडियो मङगलबार यशुले आफनो युट्युवमा म्युजिक भिडियो ‘आगमन’ रिलिज गरेकी छिन।
सार्वजनिक म्युजिक भिडियो ‘आगमन’ मा स्वर भने राज सागरको रहेको छ भने संगीत गौरव दर्पणले भरेका छन् । एरेञ्जको काम रिकेश गुरुङ गरेका छन् । भिडियोलाई अमिर शेकले निर्देशन गरेका हुन् भने छायांकन रुपेश थापाको रहेको छ ।


दिन दुखीहरुको सेवामा निकै तल्लिन भएर लाग्दै आएकी समाजसेवी यसु थापा (यशोदा) को शव्द रचनामा तयार गीत उनको आफ्नै युट्यूब च्यानल यसु थापाबाट सार्वजनिक भएको हो । गीत रचनामा राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएकी यशुको रचनामा थुप्रै गायक गायिकाले स्वर दिएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here