रौतहट १० असार । रौतहट जिल्लोको राजपुर नगरपालिकाले चौथो नगर सभा सम्पन्न गरेको छ । स्थानीय तह सञ्चालन समन्विध केही नगर सभाबाट पारित भएको छ। नगर प्रमुख मो.सकिल अखतरको सभापतित्व आयोजित कार्यक्रममा फुल बहुमतले नगर सभा पारित भएको छ।

नगरपालिकाका नगर प्रमुख मो.सकिल अखतरको सभापतित्वमा आयोजित कार्यक्रममा नगरसभाका सल्लाहकार र वडा नं.१ देखि ९ वडाध्यक्ष तथा उप नगर प्रमुख कार्यपालिका सदस्य, निमित्त प्रमुख प्रशासकिय बैजू ठाकुर नगरपालिकाका कर्मचारी, नगरवासी लगायतले नगरसभाको सफल्ताको शुभकामना दिदै नगर विकासमा ध्यान केन्द्रित गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा नगर प्रमुख आफ्नो विकासका एजेण्डा सहितका प्रतिवेदन प्रस्तुत गरेका थिए । नगरपालिकाले आ.व.२०७७ । ०७८ को कुल व्यय करिव ४९ करोड ३ लाख ९५ हजार बराबरको बजेट तथा कार्यक्रमहरु पारित गरेको छ । “राजपुर नगरपालिकाको आधार पर्यटन, कृषिमा यान्त्रिकरण आर्थिक सम्मृद्धीको पूर्वाधार भन्ने नारालाई आधार मानेर नगरपालिकाले बजेट पारित गरेको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here