रौतहट, २४ जेष्ठ ।
प्रदेश न.२ का अध्यक्ष एवम् रौतहट क्षेत्र न.३ नेपाल कम्युनिस्ट पार्टी बाट निर्वाचित भएका का प्रतिनिधि सभा सदस्य प्रभु साह रौतहटको बिकास निर्माणमा व्यापक भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाएको, भुमी व्यवस्था ,कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र प्रसाद यादव ले आरोप लगाउनु भएको छ ।
पुर्ब मन्त्री समेत रहेका प्रभु साह भ्रष्टाचारमा लिप्त रहेको ,अकुत सम्पत्तिको स्रोत देखाउन न सकेको ,जनयुद्ध प्रतिस्ठानको नाममा हरेक वर्ष स्थानीय तह बाट धाक धम्की देखाई करोडौं भ्रष्टाचार गरिरहेको , आफनो संसदीय बजेटलाई हिनामिना गरेको ,विभिन्न हत्या हिंसाका अभियुक्त रहेकोमा आवश्यक छानबिन गरि कार्वाहीको माग गर्दै राज्यमन्त्री यादवले प्रेस विज्ञ्यप्तिमा उल्लेख गर्नु भएको छ ।

विश्वभर महामारी को रूपमा फैलिएको कोरोना भाईरस ९ कोभिड९१९० को प्रकोप नियन्त्रण गर्न अहोरात्र खटेका प्रदेश २ सरकारलाई विना प्रमाण कपोल कल्पित ढंगले भुमी व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय मातहत प्रदेश भरी रहेका कृषि ज्ञान् केन्द्र मार्फत मन्त्री र राज्यमन्त्रीको संलग्नतामा भ्रष्टाचार गरेको भनी सांसद प्रभु साहले समाजिक संजाल मार्फत लगाएको आरोप प्रति ध्यानाकर्षण भएको कुरा राज्यमन्त्री यादवले प्रेस विज्ञ्यप्ति मार्फत जनाएको छ ।

राज्यमन्त्री यादवले कोभिड १९ को प्रभाव न्यूनीकरण गर्न किसानहरूलाई लकडाउन अवधिको राहत एवम् ब्याज मिनहा गर्ने जस्ता अति महत्त्वपूर्ण कृषि सडक ,सोलार पम्प र पशु पन्छी संग जोडिएका विकासे कार्यक्रम संचालन गरिरहेको समयमा सांसद साह मानसिक रूपमा विचलित भई तथ्यहिन आरोप लगाएको प्रेस विज्ञप्तीमा जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here