बर्दिया ८ जेष्ठ । बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–१० कालाबन्जारका २३ वर्षीय कालुराम थारुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

उनले २२ वर्षीया ती महिलालाई घरदेखि ५ सय मिटर परको खेतमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी खैरीचन्दनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here