रुपन्देही, ८ जेष्ठ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमित एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३ पुगेको हो । मणिग्रामस्थि क्रिमशन अस्पतालमा बिरामीको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै गर्दा आज बिहान मात्रै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । प्रदेश ५ का सामाजीक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर चौधरीले पनि उनको मृत्यु भएको पुष्टि गरेका छन् । उनले क्रिमशन अस्पतालमा उपचाररत गुल्मीका एक जनाको आज बिहान मृत्यु भएको बताएका छन् । मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका वडा नं। ६ का ४१ वर्षीय पुरुष हुन् । शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा भर्ना भएका थिए । उनको स्वास्थ्य अवस्था नाजुक भएका कारण अस्पतालको भेन्टिीेटरमा राखेर उपचार हुँदै थियो । गत जेठ १ गते अस्पतालमा भर्ना भएका उनको जेठ २ गते स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here