सुभाष निरौला ।

अब को हाम्रो छलफल र विचारहरु यो महामारी पछिको नेपाल लाई कसरी क्रियाशील बनाउने तर्फ केन्द्रित गरिदैं लैजानु पर्छ होला !! यो २ महिनामा हामी ले कोरोना को बारेमा दिनरात थुप्रै माध्यम बाट थुप्रै कुरा सुन्यौ जान्यौ ! अब भोलि कुन निकायले के गर्दा बेरोजगारी सम्बोधन गर्न सकिन्छ ? कुन ब्यवशाय ले हाम्रो देश र घरपरिवार को सानो अर्थतन्त्र लाई चलाएमान बनाउन मद्दत गर्छ ? देशको कुन भाग र भूगोलमा कुन समूह र शीप ले के गर्दा उपयुक्त हुन्छ ? आदि मा केन्द्रीत गर्नु पर्छ की भन्ने लागेर मेरो निम्न बिचार राख्ने अनुमति चाहन्छु :
१. सरकारले कोरोना को lockdown खुल्ने बित्तिकै सबै राजनैतिक दल र तिनका भातृ संगठनहरू, प्रदेश र स्थानीय सरकार प्रमुख हरू, वर्तमान र पूर्व पप्रशासकहरू, प्राध्यापक हरू, अर्थशास्त्रीहरू, समाजशास्त्री हरू, बिभिन्न बिषयका बिग्यहरू, बिदेशबाट रोजगारी गुमाएर देश फर्केका हरू, पर्यटन ब्यवसायी हरू, ठूला साना सबै खाले उधोग ब्यवशायी हरू, दातृ निकाय हरू,अन्तर्राष्ट्रिय संघ संस्थाहरु, कुटनैतिक नियोगहरु लगायत अन्य बर्गीय संघ संस्था हरू को एउटा बृहत गोलमेच सम्मेलन गराएर त्यसबाट प्राप्त सुझाब लाई एउटा बिग्य समूह बाट कम से कम विश्व अर्थतन्त्रमा सुधार नआउन्जेल सम्मका लागि नै भएपनि हाम्रो देशले यो यो उत्पादन मूलक (कृषि पशुपालन वा अन्य) वा सेवामूलक वा सूचना प्रविधि संग सम्बन्धित वा अन्य के उपयुक्त हुन्छ ? जो निर्यात पनि गर्न सकिन्छ, त्यस्को सूची बनाएर सबै सम्भावित लगानी कर्ता, उधमशीलता र रोजगारी को अवसर लाई निश्चित गरिदिनु पर्छ !
२. कृषि बिकास बैंक लाई बाणिज्य बैंक को कारोबार घटाएर कृषि तथा पशुपालनमा आक्रमक रूपमा दीर्घकालीन (कम्तिमा १५ बर्ष) २% ब्याजमा लगानी गराउने र ब्याज तिर्ने समय ६-६ महिना (बाली चक्र) को निती ल्याउने !
३. देश भरीका स्थानीय निकाय हरूले आ-आफ्नो क्षेत्रका नागरिकहरुलाई वडा स्तरमा यसरी नै समस्या को पहिचान गरेर सोही बमोजिम कार्यक्रम हरू बनाएर अघि बढ्ने !
४. स्थानीय निकायहरु ले तत्कालै आ-आफ्नो वार्ड स्तरमा लघु उद्योग, शीपमूलक कामहरु, कृषि तथा पशुपालन, काठ मिस्त्री, राज मिस्त्री, ग्रील, मोटर-मोटरसाइकल मिस्त्री, मिल मिस्त्री, वेल्डिग मिस्त्री, बिजुली मिस्त्री, प्लम्बर, कम्प्युटर लगायत का अन्य थुप्रै बिषयको सशर्त तालीम दिलाएर आ-आफ्नो पालिका हरू लाई सक्षम र समृद्ध बनाउन सकिन्छ की ?? यो बहस जारी राखौं !!

लेखक : पुर्ब कार्यकारी प्रमुख पर्यटन बोर्ड ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here